ताप्लेजुङ – ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थलमा दुई महिनाभन्दा लामाे समयदेखि उडान हुन सकेको छैन । प्रतिकूल माैसमका कारण हवाइ उडान हुन नसकेको हो ।
गएकाे जेठ १४ गतेदेखि एउटा पनि उडान हुन नसेको हवाइ उड्ययन प्राधिकरणका सुेकटार स्टेशन सहायक प्रमुख अंगत यादवले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय अन्तिम पटक जेठ १४ गते नेपाल वायुसेवा निगमको जहाज आएको बताउनुभयो । उडान सेडुलमा राखे पनि पानी र कुहिरोका कारण जहाज झिकाउन नसिकिएको यादवले बताउनुभयो ।
...