बलिउडलाई कोरोनाको कालो बादलले नराम्रोसँग छोपेको छ । विस्तारै पखेटा फिजाउन थालेको बलिउड कोरोनाका कारण फेरि प्रभावित बनेको छ । भारतमा दोश्रो चरणको कोरोनाको लहर फैलिएपछि धमाधम बलिउड चलचित्रहरुको रिलिज मिति पोष्टपोन्ड गर्न थालिएको छ …
रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ। सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ।
काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।
काठमाडौं। विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या फेरि बढेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार बितेको २४ घण्टामा विश्वमा कोरोनाका कारण ९ हजार ३४२ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ लाख ९२ हजार १९९ पुगेको छ। हिजो कोरोनाका कारण विश्वभर ७ हजार ४३४ जनाको मृत्यु भएको थियो। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ६९ जनाको
कोरोनाका कारण औद्योगिक समूह केडिया अर्गनाइजेसनका दुई सदस्यको निधन भएको छ । अर्गनाइजेसनका कार्यकारी निर्देशक विश्वनाथ केडियाको गत २८ वैशाखमा निधन भएको हो । त्यस्तै, कार्यकारी निर्देशक सन्दीप केडियाका पुत्र प्रद्युम्न केडियाको...
मुम्बई । वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।रणवीर र आलिया २०२१ को सुरुवातमा रणवीर र आलियाको विवाह हुने खबर फैलिएको थियो । दुबै परिवार एकसाथ छुट्टी मनाउन रणथम्भौर पुगेका थिए । त्यो समय उनीहरु बिवाहका लागि त्यहाँ पुगेको हल्ला समेत चलेको थियो । २०२१ मा
खेलाडी तथा ब्याकरूम स्टाफहरूलाई धमाधम कोरोना संक्रमण हुन थालेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले आईपीएल स्थगित गरेको हो ।
यसअघि सोमवार कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बैंग्लोरबीचको खेल कोरोनाका कारण स्थगित भएको थियो ।
प्राय: टीममा खेलाडीहरूलाई नै कोरोना देखिन थालेपछि प्रतियोगिता नै स्थगित भएको हो ।
संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या चार लाख नाघेको छ। जोन हप्किन्स युनिभर्सिटीका अनुसार कोरोनाका कारण चार लाख एक हजार ३६२ जना अमेरिकीको ज्यान गइसकेको छ।
हाल अमेरिकामा २४ करोड बढी मानिसहरुलाई कोभिड-१९ पुष्टि भइसकेको छ। विश्वमा कोरोनाका कारण २० लाख ५४ हजार २७० जनाको मृत्यु भइसकेको…
एजेन्सी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ । सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिल