तटबन्ध मर्मत नगर्दा पीडित त्रसित

वर्षौंदेखि कर्णाली नदीको बाढीको पीडा खेप्न बाध्य यहाँका स्थानीय तटबन्ध बनेपछि कर्णालीको बाढीबाट मुक्ति पाइएला भन्ने आशामा थिए । तर यसपालिको बेमौसमी वर्षासँगै कर्णाली नदीमा आएको बाढीले ठाउँठाउँमा तटबन्ध भत्काएर बाढी बस्तीमा पस्यो । भत्किएको तटबन्ध मर्मत सुरु नहुँदा तटबन्ध आसपासका बासिन्दा त्रासमा छन् ।

सम्बन्धित सामग्री

तटबन्ध मर्मत नहुँदा डुबानको चिन्ता

नदीमा तटबन्ध निर्माणको लागि कतैबाट चासो नदेखाएका कारण नदी किनारका बस्तीका स्थानीयलाई डुबानको चिन्ताले पिरोलेको छ। गत वर्ष बस्तीमा पसेको बाढीबाट त्रसित स्थानीयले पक्की तटबन्ध निर्माण हुने आश गरेका भए पनि यो वर्ष निर्माण हुन सकेन।

गुणस्तरहीन निर्माणले किनारका नेपालीलाई डुबान त्रास

सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिकाअन्तर्गत पर्ने योगिनियाँ गाउँनजिकै रहेको कोसी पश्चिमी तटबन्ध जोगाउन बनाइएको स्पर मर्मत दबाबपछि भारतीय पक्षले सुरु गरेको छ । पाँच वर्षदेखि जीर्ण तटबन्ध स्थानीय बासिन्दासमेत नेपाली पक्षको दबाबका कारण भारत सरकारमातहतको कोसी योजनाले मर्मत थालेको हो । भारतीय कर्मचारी र ठेकेदारको मनपरीका कारण भने उक्त क्षेत्रमा बसोवास गर्ने नेपाली त्रसित छन्।