शर्माको जीवनीमा आधारित 'व्यक्ति एक विशेषता अनेक' कृति सार्वजनिक

काठमाडौं : लक्ष्मी पोखरेलद्वारा लिखित स्व. प्रेमनाथ शर्माको जिवनीमा आधारित अनुभवको संगालो  “व्यक्ति एक विशेषता अनेक श्री प्रेमनाथ शर्मा” नामक पुस्तकको विमोचन  भएको छ। पूर्वसमामुख श्री दमननाथ ढुङ्गानाको प्रमुख आथित्य एवं पर्सा मिलन केन्द्र काठमाण्डौंको अध्यक्ष श्री रत्न लक्ष्मी श्रेष्ठको सभापतित्वमा पुस्तक विमो...

सम्बन्धित सामग्री

छुट्टै स्वादका कविता

समकालीन कविता लेखनमा आफ्नै विशेषता बोकेका कवि हुनुहुन्छ– राजेन्द्र तारकिणी । कविता लेखन यात्राका क्रममा हालै उहाँले ‘बिगन रामको मादल’ नामक कृति सार्वजनिक गर्नुभएको छ । मुलुकको आमपात्रको प्रतिनिधित्व गर्ने बिगन रामलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी कवितासङ्ग्रहको रूप दिनु भएका तारकिणीले प्रस्तुत कृतिका ५५ वटा कवितालाई छ खण्डमा विभक्त गर्नुभएको छ । यी सबै खण्डमा पीडित पात्रको कथा छ तर कथाको परिवेश र विषय फरक रहेको छ । काव्यानुभूति र काव्यचिन्तनको कोण मिलेका यी कवितामा समकालीन समयको विसङ्गत परिस्थितिको सार्थक चित्रण रहेको छ । हरेक कविताको संरचना क्षेत्रमा पनि विविधता रहेको छ, जसले गर्दा पाठकलाई एकपछि अर्काे कविता पढ्दा पृथक् स्वादको अनुभूति हुन्छ ।