रुकुम (पूर्व) : सिस्ने गाउँपालिकाले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वर्षा याममा हुने सानातिना बाढी, पहिरोको समस्या तत्काल हल गर्ने उदेश्यले पूर्वाधार एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।गएको साताबाट सुरु गरिएको पूर्वाधार एम्बुलेन्स सेवा मार्फत कामकाज पनि सुरु भइसकेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए। पूर्वाधार एम्बुलेन्स सेवाको लागि ६ जनाको टोली गाउँपालिकाले खटाएको छ।अध्यक्ष रेग्मीका अनुसार एकजना प्राविधिक सहित ट्याक्टर र जेसीबीका एक-एकजना चालक