गुल्मीमा घरेलु हिंसासम्बन्धी ७५ उजुरी

गुल्मीमा चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म घरेलु हिंसासम्बन्धी ७५ वटा ठाडो उजुरी परेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका ७५ वटा ठाडो उजुरीमध्ये ५२ वटा उजुरीको मिलापत्र भइसकेको छ ।