प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको आरोप लगाएका छन् ।
मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले सत्तापक्षले धम्क्याउने गरेको बताए ।
अध्यक्ष ओलीले भने, ‘आज त सत्तापक्षले बाहिरबाट धम्क्याउने र गोलाबारी गर्ने गरेको छ, संवादहीनताको अवस्था छ । सत्तापक्ष ‘ठेगान लगाइदिन्छौं’ भन्ने उन्मादमा छ ।’
सरकार भनेको निरन्तरताको कुरा भएकाले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन अध्यक्ष ओलीले आग्रह गरे । ...