भूतपूर्व गोर्खा सैनिकको पेन्सन बढाउन बेलायत सहमत

बेलायती रक्षा मन्त्रालयले गोर्खा भूतपूर्व सैनिकको पेन्सन बढाउने भएको छ । बेलायती रक्षा मन्त्रालयले सो जानकारी लन्डनस्थित नेपाली दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा पठाएको छ । बेलायतले २१ वर्षअघि भारतीय सेनाका भूतपूर्व गोर्खा सैनिकभन्दा १४० प्रतिशत बढी पेन्सन दिने प्रतिबद्धता जनाएको थियो । सो प्रतिबद्धता लामो समय कार्यान्वयनमा आउन सकेको थिएन । पछिल्लो समय गोर्खा भूतपूर्व सैनिकले बेलायती सैनिकभन्दा एक तिहाइ कम पेन्सन दिइएको भन्दै विरोध गर्दै आएको थियो । लामो समयदेखि बेलायती नागरिक र नेपाली नागरिकमा असमान पेन्सन भएको भन्दै...