‘युवापुस्ता’ खोज्दै देश दौडाहामा कलाकार

पछिल्लो समय विभिन्न कारणले सबैभन्दा धेरै चर्चामा रहेको फिल्म हो ‘छक्का पञ्जा २’ । असोज ११ गते फूलपातीको दिन प्रदर्शनमा आउँने यो फिल्मका कलाकार यतिबेला देश दौडाहामा छन् । फिल्मको प्रचारका लागि फिल्ममा शिर्ष भूमिकामा रहेर अभिनय गरेका सम्पूर्ण कलाकार राजधानी बाहिरका बिभिन्न जिल्लामा कार्यक्रम गरिरहेका छन् ।