झापामा छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । बुधबार दिउँसो १ बजेतिर जिल्लाको गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको हो । गौरादह-१ गुरुङ चोकस्थित गौरादह–पाडाजुँगी सडक खण्डमा धान बोकेको ट्रकले किचेर शिवसताक्षी नगरपालिका-१ की ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको हो । उत्तरबाट दक्षिणतिर जाँदै गरेको प्र १–०१–०१४ प ३३२६ नम्बरको मोटरसाइकलको पछाडी सवार दाहाल मोटरसाइकलबाट सडकमा लडेकोमा उनलाई सोही दिशातर्फ जाँदै गरेको