‘मेलम्ची सुरुङ परीक्षणका क्रममा वाग्मतीको सतह बढ्न सक्छ’

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयबासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएको छ ।