अहिले देखिएको तमासा विकृत संसदीय व्यवस्थाकै उपज हो : मन्त्री साह

काठमाडौं : देशमा देखिएको तमासा विकृत संसदीय व्यवस्थाको उपज भएको सहरी विकास मन्त्री प्रभु साहले बताएका छन्। बुधबार नेपाल टेलिभिजनमा एक अन्तर्वार्ताका क्रममा मन्त्री साहले गलत संवैधानिक प्रावधानकै नतिजास्वरुप आज देशमा अस्थिरता र अराजकता बढेको बताए। संघ र प्रदेशमा सरकार बनाउन वा सरकार टिकाउन देखिएका सम्पूर्ण तमासा अहिलेको शासन प्रणालीकै कारण भएको मन्त्री साहको भनाइ छ। 'अहिले तपाईंहरुले देख्न सक्नुहुन्छ के के भइरहेको छ। कोरोना रिपोर्ट नेगेटिभ भए पनि सांसदलाई आइसियुम