आन्दोलन नगर्न शिक्षामन्त्रीको आग्रह

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा बन्द, हडताल तथा आन्दोलनका गतिविधि नगर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग बुधबार मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले ससाना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ तर लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नु प-यो ।” लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी