काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ग्राहक लक्षित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक डायग्नोस्टिक प्रालिको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । देशभर १०३ शाखाबाट बंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङ कारोबारलाई प्रोत्साहन गर्दै आएको बताएको छ ।