काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ ।
सत्तारुढ दलहरूबीचको सहमति विपरीत पनि पालिका चुनावमा मनोनयन दर्ता भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई फिर्ता गरेन सक्दो पहल र प्रयास भइरहेको बताउनुभएको हो । उहाँले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न गठबन्धनका दलहरूबीच सहमति नभए पनि एमालेप्रति सङ्केत गर्दैै प्रतिगमनकारी, संविधान विरो...