उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले दशकव्यापी अभियानका रूपमा सुरू गरेको उत्पादन र उपभोग अभिवृद्धि अभियानले लिएको लक्ष्य १ वर्षमा हासिल नहुने बताएका छन् । उनले आज मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा सम्बोधन गर्दै अभियानले लिएको लक्ष्य १ वा २ वर्षमा पुरा नहुने बताएका हुन् ।उनले भने, ‘प्रधानमन्त्री उत्पादन र उपभोग अभिवृद्धि’ दशकले देशको औद्योगिक वातावरणलाई अघि बढाउन सहयोग गर्छ । यो वर्ष हामी के सक्छौ त्यो काम गर्ने हो ।’ सरकारले आफ्नो लक्ष्यअनुसार काम गर्न सक