मिस ग्राण्ड नेपाल २०२२ को उपाधि ऐश्वर्य श्रेष्ठलाई

काठमाडौँ। मिस ग्राण्ड नेपाल २०२२ को ताज ऐश्वर्य श्रेष्ठले पहिरिएकी छन्। कस्मो इभेन्ट्स र बोली क्लब ग्रुपले संयुक्त आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन्। श्रेष्ठले मिस ग्राण्ड नेपाल २०२२ को ताज साथै नगद रु. ६ लाख रुपैयाँ पुरस्कार पाएकी छन्।