च्यांग्रा महँगिएपछि, मूल्य सम्झने, स्वाद बिर्सने

दसैंका लागि मुस्ताङबाट ल्याइएका चेलुक/च्यांग्राको मूल्य महँगिएपछि सामान्य परिवार विकल्पमा स्थानीय खसीबोका र भेंडाबाख्रा खोज्न थालेका छन् । ‘मुस्ताङका च्यांग्राको मूल्य सुन्दै सातो जाने देखियो । गरिबले पोहोर–परारदेखि नै च्यांग्राको मासु खान नसक्ने भइसकेका थिए ।