अशोक लेल्याण्डको चाडपर्व अफर

आइएमई मोटर्सले दसैँ तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाईल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउने कम्पनीले जनाएको छ ।आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा […]

सम्बन्धित सामग्री

अशोक लेल्यान्डको चाडपर्व अफर

काठमाडौं । आइएमई मोटर्सले दसैँ र तिहारलाई लक्षित गरी अशोक लेल्यान्ड गाडीहरू खरिदमा ‘हर्षको बहार ः लैजानुहोस् छानीछानी उपहार’ अफर ल्याएको छ । अफरअन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुईजानले थाइल्यान्ड टुर प्राप्त गर्नेछन् । आईसीभी/ट्रक/टिपर/ आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन...

दशैँमा गाडी किन्ने सोचमा हुनुहुन्छ ? यस्ता छन् अफर

बजारमा सवारी साधनको बिक्रि करिब करिब शून्य भइरहेको अवस्थामा पनि व्यवसायीहरुले दशैँ तिहारको अफर ल्याउन थालेका छन् । एकातिर गाडी आयातमा प्रतिबन्ध लागेको र अर्कोतिर स्टक पनि सकिएको अवस्थामा बुकिङ लिन सकिन्छ की भनेर गाडी आयातकर्ताहरुले चाडपर्व अफर सार्वजनिक गरेका हुन् ।२०७८ पौषबाट विदेशी मुद्राको सञ्चितीमा दबाब परेको भन्दै गाडीको आयातका लागि खोलिने प्रतितत्रप (एलसी)मा कडाइ गरेको सरकारले नयाँ साल लागेपछि आयात नै बन्द गर्यो । सुरुमा असार मसान्तसम्म कायम रहेको गाडीको आयात प्रतिबन्ध साउन १ बाट पुनः भदौ १४ सम्म लम्बियो । भदौ १५ बाट बैशाख अघि एलसी खोलिएकालाई आयात गर्न दिने र नयाँ एलसी भने नखोल्ने गरी आयात प्रतिबन्धलाई निरन्तरता दिईएको छ ।बजारमा अहिले व्यवसायिक सवारी साधन र केही विद्युतीय कारहरु मात्रै उपलब्ध भएको अवस्थामा पनि व्यवसायीहरुले अफर भने ल्याएका छन् । यस्तो छ व्यवसायीको भनाइनाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले दशैँ तिहारको बजार केही कमर्सियल र केही विद्युतीय सवारीले धान्नुपर्ने समस्या रहेको बताउँछन् । उनका अनुसार राजस्व लक्ष्यमै नकारात्मक असर पर्ने गरी सरकारले ‘चेन’ नै बिगार्ने गरी आयातमा प्रतिबन्ध लगाउँदा यसको असर अटो उद्योगले ब्यहोरिरहनु परेको उनको भनाइ छ ।‘गाडीको अयात प्रतिबन्ध लगाउँदा दशैँ तिहारमा प्यासेन्जर गाडी उपलब्ध हुने अवस्था नै छैन, यसपाली कमर्सियल र इलेक्ट्रिक भेहिकलले धान्नुपर्ने छ’ उनले भने । नेपाली बजारमा अहिले विद्युतीय गाडीको माग बढिरहेको भएपनि उत्पादक कम्पनीहरुले नै माग अनुसार पठाउन नसकेको उनको भनाइ  । ढुवानीका ठूला साधन, पिकअप भ्यान र बस लगायतका कमर्सियल गाडीको पनि खासै ठूलो माग छैन ।यस्ता छन् अफरबजारमा गाडी नभए पनि व्यवसायिक र इलेक्ट्रिक भेहिकल बिक्रि गर्दै आएका टाटा, फोर्स, चांगन र ग्रेटवाल मोटर्सले चाडपर्व अफर भने सार्वजनिक गरेका छन् । प्यासेन्जर भेहिकल बिक्रि गर्ने फक्सवागन, चेरी, जीडब्लुएम लगायतले दशैँ तिहार अफर सार्वजनिक गरेका छन् । टाटा ‘दशैँमा द–सही अफर’नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले ‘दशैँमा द–सही अफर’ सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत टाटा मोटर्सका कमर्सियल गाडी खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार जित्न सकिने छ । यो अफरमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र ७० प्रतिशतसम्म फाइनान्सको सुविधा पनि छ । फोर्स मोटर्सः ‘भरमार उपहारको वर्षा’फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता हिमालय अर्गनाइजेसन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले ‘भरमार उपहारको वर्षा’ नामक चाडपर्व अफर ल्याएको छ ।अफर अन्तर्गत नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरु पाइने कम्पनीले जनाइको छ । चांगन: ‘दशैँ डिलाइट अफर’चांगन अटोले दशैँ र तिहारको अवसरमा ‘दशैँ डिलाइट अफर’ ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले चांगनका हन्टर र एल्सभिन गाडी १५ र ८ लाख डाउन पेमेन्टमै किन्न सक्ने छन् । यी गाडीको खरिदमा चाडपर्वको अफर अन्तर्गत आकर्षक छुट, १ लाख सम्मको एक्सचेन्ज बोनस, १ वर्ष निशुल्क बीमा र १ वर्ष निशुल्क सडक दस्तुर पाइनेछ । ग्रेटवालः ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ग्रेट वाल मोटर (जीडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारिक बिक्रेता भिजी इम्पेक्स प्रा.लि.ले पनि ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले ग्रेटवाल मोटरका गाडी (हाभल एच सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५) खरिद गर्दा नगद छुट, १ वर्षको कम्प्रिहेन्सिभ बीमा, १ वर्षसम्म निःशुल्क मेन्टिनेन्स र १ वर्षको नियमित मर्मतसम्भार खर्च कभर हुनेछ । यदि, खरिदकर्ताको घर परिवारमा पहिल्यै जीडब्लुएम गाडी भएमा अतिरिक्त छुट पनि पाइनेछ । निःशुल्क एसेसरिज, ५ वर्षको वारेन्टीसहित एक्सचेन्जको अवसर पनि दिइएको कम्पनीले जनाएको छ । फक्सवागनः ‘अनबिटेबल फेस्टिभ अफर’फक्सवागनले ‘अनबिटेबल फेस्टिभ अफर’ भनेर ०.९९ प्रतिशत ब्याजमै गाडी उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।चेरीः ‘चेरी चाडपर्व अफर’चेरी कारको नेपालको लागि आधिकारिक वितरक एस.पी.जी अटोमोबाइल्सले दशैँ र तिहार लक्षित ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ ।चेरीका चेरी टिग्गो ४प्रो, टिग्गो ७प्रो र टिग्गो ८प्रो मा यो अफर लागू हुनेछ । अफर अनुसार ग्राहकले मोडलअनुसार ५ लाख ८९ हजार ८ सय रुपैयाँसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।नगद छुट, १ वर्षको निःशुल्क बीमा र १ वर्षको दस्तुर छुट, ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा पनि पाइनेछ । पुरानो चेरीको कारसँग नयाँ चेरी कार एक्सचेन्ज गर्दा १ लाख सम्मको एक्सचेन्ज बोनस पनि प्राप्त हुनेछ । आइएमई मोटर्सः ‘हर्षको वहारमा छानी–छानी उपहार’अशोक लेल्याण्डका कमर्सियल गाडीहरु बिक्रि गर्दै आएको आइएमई मोटर्सले चाडवाडका अवसरमा ‘हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नाम योजना ल्याएको छ । अफर आन्तर्गत अशोक लेल्याण्डका साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन र खरिदकर्ता मध्ये २ जनाले थाइल्यान्ड टुरको अवसर पाउनेछन् । आईसीभी, ट्रक, टिपर, आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा २  जनालाई सिङ्गापुर टुरको अवसर पाउनेछन् । एम एण्ड एचसीभी ट्रक, टिप्पर, एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा १ जनाले यूरोप टुरमध्ये १ अफर छानेर लिन सक्नेछन् ।३० प्रतिशत डाउनपेमेन्ट गरेर गाडी लिन सकिने व्यवस्था गरेको छ ।

अशोक लेल्यान्डको चाडपर्व लक्षित योजना सार्वजनिक

काठमाडौं । आईएमई मोटर्सले दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरुमा ‘चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ अफर सार्वजनिक गरेको छ । सो अफर आन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् । आईसीभी/ट्रक/टिप्पर/आईसीभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा […]

अशोक लेल्याण्डको चाडपर्व अफर

आइएमई मोटर्सले दसैँ  तिहारलाई लक्षित गरी अशोक लेल्याण्ड गाडीहरूमा चाडपर्व, हर्षको बहार लैजानुहोस् छानी छानी उपहार अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत साना दोस्त गाडीको खरिदमा ल्यापटप अथवा सुन र मोबाइल फोन अथवा दुई जानलाई थाइल्यान्ड टुर पाउनेछन् । आईसीभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई  जनालाई सिङ्गापुर टुर पाउनेछन् । एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/ एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई युरोप टुरमध्ये ए