चामुण्डाविन्द्रासैनी नगरपालिकाले प्रमुख सूर्यबहादुर शाही र उपप्रमुख ताराकुमारी शाहीको नाममा झन्डै ४५ लाख रुपैयाँमा घण्ट खरिद गरेको पाइएको छ । घण्टमा उनीहरूसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक विकको नामसमेत उल्लेख छ । तर घण्ट राख्ने ठाउँ नहुँदा दुई वर्षसम्म अलपत्र परेको छ ।