सशस्त्रमा दुबै एआईजीको पदावधि एक वर्ष थपियो, कसलाई फाइदा ?

सशस्त्र प्रहरी बलका दुबै जना अतिरिक्त महानिरीक्षक (एआईजी)को एक वर्ष पदावधि थप भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा दुबै एआईजीको एक वर्ष पदावधि थप्न प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादुर थापा र गृहसचिव महेश्वर न्यौपानेलाई आज सोमबार निर्देशन दिएलगत्तै बसेको मन्त्रिपरिषद बैठकले दुबैको म्याद थपेको हो ।सशस्त्र प्रहरी बलमा पुष्पराम केसी र रामशरण पौडेल एआईजी छन् । उनीहरुको पदावधि थप्ने र नथप्ने विषयलाई लिएर शक्तिकेन्द्रबीच चर्काे लविङ हुँदै आएको थियो ।सशस्त्र प्रहरीमा एआईजी