महामारीमा अनुचित कार्य नगर्न विभागको चेतावनी

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले महामारीको समयमा उपभोक्ता नठग्न चेतावनी दिएको छ। विभागले आज एक सूचना जारी गर्दै व्यापारीहरुले महामारीको समयमा उपभोक्ता ठगे कारबाही गर्ने बताएको हो। विभागले भनेको छ, ‘हामी अहिले पनि बजार अनुगमन गरिरहेका छौं। त्यसैले अनुचित व्यापारीक क्रियाकलापमा सहभागी भएको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही हुनेछ।’