ए बुढा...कता जानुभयो खै, सुन्नुहोस् त..। एकछिन यहाँ आउनुस् न !हैन किन कराउँछे ? एकछिन खेततिर जाउँ भनेर निस्कन लागेको, फेरि बोलाइ । किन के भयो ?किन जानुपर्यो खेतमा ? तपाईँ र म मात्रैले रोपाइँ गरेर सकिने हैन । काम गर्ने खेताला पाइँदैन । शहरमा भएका छोरा बुहारी खेत रोप्न भनेर आउँदैनन् । त्यहाँमाथि अहिले त खेततिरभन्दा मोबाइलतिर पो धेरै रोपाइँ हुने रैछ ।हैन के भन्छे यो, मोबाइलमा कसरी हुन्छ रोपाइँ ?यहाँ आउनु न हेर्न, कसरी हुन्छ भन्ने त थाहा भैहाल्छ नि ।खै त्यो मेरो चश्मा ले त । यो अस्ति छोराले पठाइदिएको नयाँ मोबाइ...