गृहमन्त्री खाँणद्वारा सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण

१७ कात्तिक, डडेल्धुरा । गृहमन्त्री बालकृष्ण खाँणले बुधबार डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गरेका हुन् । निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे। निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको […]

सम्बन्धित सामग्री

भारतका बाढीपहिरो प्रभावित क्षेत्र नेपाली कामदारको गन्तव्य

वर्षायामको सुरुवातसँगै यतिबेला उत्तर भारतको मैदानी क्षेत्र भीषण वर्षाले जलमग्न भएको छ । उत्तर भारतकै हिमाञ्चल र उत्तराखण्डको जनजीवन बाढी पहिरोले निकै कष्टकर बनेको अवस्थामा नेपाली कामदारहरु भने रोपाइँ सकेर त्यतै हानिएका छन् ।

मौसम खराब भएपछि प्रधानमन्त्री देउवाको हेलिकप्टर कञ्चनपुर फर्कियो

काठमाडौँ । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार रहेको हेलिकप्टर मौसम खराब भएका कारण फेरि कञ्चनपुरतर्फ गएको छ । धनगढी विमानस्थल स्रोतका अनुसार,शुक्रबार प्रधानमन्त्री देउवासहितको टोली कैलालीको पश्चिम–पूर्वी भेगमा रहेका भजनी, टिकापुर र बर्दियाको राजापुर निरीक्षण गरेर नेपालगन्जमा खाना खाई काठमाडौँ आउने तालिका थियो । तर, मौसम खराब भएपछि हेलिकोप्टर प्रधानमन्त्री देउवा, […]

एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, ऋण होइन : प्रधानमन्त्री देउवा

न्युज अफ नेपाल, धनगढी । प्रधानमन्त्री शेरबहादूर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित हुने बताएका छन् । बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणका लागि बिहिबार सुदूरपश्चिम पुगेका देउवाले शुक्रबार बिहान धनगढीमा भएको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । एमसिसीबारे पत्रकारले गरेको प्रश्नको जवाफ फर्काउँदै उनले भने ‘एमसिसी पास हुन्छ, यो ठूलो अनुदान हो, […]

दार्चुलाको व्यास र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु

काठमाण्डाै - दार्चुलाको व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा खाद्यान्न ढुवानी सुरु भएको छ । बाढीपहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्यास गाउँपालिका–२ मालगाउँका लागि खाद्यान्न ढुवानी सुरु भएको हो । खाद्यान्नलगायत सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको र सदरमुकाम खलङ्गामा रहेको सेनाको ब्यारेकबाट दुहुँ र व्यासको मालका लागि खाद्यान्न ढुवानी भइरहेको गृह मन्त्रालयले जनाएको छ । हिजो मात्रै ४० क्विन्टल खाद्यान्न ढुवानी भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो । भारतीय एस...

बाढीपहिरो प्रभावित छुमगाउँमा उर्जामन्त्री श्रेष्ठ

कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठ जुम्लाको बाढीपहिरो प्रभावित क्षेत्र पातारासी गाउँपालिका ३ छुम गाउँमा पुगेका छन्। उनले बाढीपहिरोले क्षति पुर्‍याएको क्षेत्रको अवलोकन गरेर प्राभावित गाउँका स्थानीयको समस्या संवोधनका लागि चासो ...

बाढीपहिरोको बितण्डा: एक्लिए मेलम्ची–इन्द्रावती करिडोर क्षेत्रका बस्ती

बाढीपहिरोको बितण्डापछि चर्चित मेलम्ची–इन्द्रावती नदी करिडोरका दर्जनौँ बस्ती एक्लिएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र मेलम्ची नगरपालिका तथा हेलम्बु र पाँचपोखरी थाङपालधाप गाउँपालिका सडक र सञ्चार सम्पर्कबाट टाढीएका हुन्।

ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री सवार हेलिकोप्टर विराटनगरमा अवतरण

बाढीपहिरो प्रभावित क्षेत्र अवलोकन गर्न सङ्खुवासभाबाट ताप्लेजुङतर्फ उडेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवार हेलिकोप्टर विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।