जातीय विविधतामा द्वन्द्वको खेती गर्ने प्रयास असफल : प्रम ओली :: Pahilopost.com

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउका छन्। किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको

सम्बन्धित सामग्री

सरकारलाई असफल बनाउन केही समूह लागेका छन् – प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताउनुभएको छ । कोभिडसँग लामो समय जुध्नु परेको अवस्था रहेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उहाँको भनाइ थियो । गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भन्नुभयो ।

नयाँ जनादेशका लागि निर्वाचनमा जानु सबैभन्दा उच्चस्तरको अग्रगमनः प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ,लोकतान्त्रिक गणतन्त्र सङ्कटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भन्ने दाबी निराधार र फजुल भएको बताएका छन्।“नयाँ जनादेशका लागि निर्वाचनमा जानु सबैभन्दा उच्चस्तरको अग्रगमन हो”,उनले सर्वोच्चलाई लेखेको पत्रमा उल्लेख छ।नयाँ बन्ने प्रतिनिधिसभाले स्थिर सरकार र स्थायित्व दिने दाबी उनको छ।विगतमा संविधानसभाको पहिलो कार्यकाल असफल भएपछि दोस्रो कार्यकाल सफल बनेको उदाहरण उनले दिएका छन्।

सरकार दिन अशक्त बनेका कारण संसद विघटन गरेको थिएँ : प्रम ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अशक्त अवस्थामा पुगेका कारण आफूले संसद विघटन गरेको बताएका छन्। आफूले प्रधानमन्त्रीका हैसियतमा नयाँ सरकार दिनसक्ने र सरकार चलाउन सक्ने अवस्था नभएको र सरकार ढाल्ने र बनाउने असफल प्रयासमा केन्द्रित हुने देखेका कारण आफूले संसद विघटन गर्नुपरेको बताएका हुन्। उनले भने, ‘संसद विघटन सदर भएको भए ताजा जनादेशका आधारमा यतिबेला नयाँ सरकार बन्ने अवस्था हुन्थ्यो।’