काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतसहित अगाडि छिन्। पछिल्लो समय ७० हजार २ सय ७६ मत गणना हुँदा उनले २५ हजार १ सय ७५ मत प्राप्त गरेकी छिन्। प्रमुखमा स्वतन्त्र उम्मेदवार हावी हुँदा उपप्रमुखमा भने एमालेकी सुनिता डङ्गोल अगाडि छिन्। एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ९ सय ८ मत मात्रै प्राप्त गरेका छन्।काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले सम्म वडा १,२,३,४,५,२८,३० र ३२ को मतगणना सकिएको छ भने हाल वडा ६,७,८,