बैंक अफ काठमाण्डूका ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  का ग्राहकलाई सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र सोवा हेल्थकेयर सेन्टर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग तथा क्यूआर कोर्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको हो । यस सम्झौता पश्चात् ग्राहकहरुले सोवा हेल्थकेयर सेन्टरले प्रदान गर्ने इएम् बाहेका सम्पूर्ण स्वास्थ्य सम्बन्धि सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १५% सम्म छुट पाउने बैंकले जनाएको छ । सोवा हेल्थकेयर सेन्टरले जावलाखेल, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।