कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले लुम्बिनी प्रदेशमा रहेका कर्णालीका संरचनाहरु कर्णालीमा ल्याउन पहल थाल्ने बताएका छन् । त्यसका लागि भौतिक पूर्वाधारको प्रक्रियामा सरकारले सहयोग गर्नुपर्ने उनले बताए । भर्खरै मात्र सुरुवा भएर कर्णालीमा आएका पोखरेलले बुधबार पत्रकारसँग भेटघाट कार्यक्रममा भने, ‘संघीयताको मर्म अनुसार प्रदेश भित्रैबाट सञ्चालन हुनुपर्ने भएपनि अझै लुम्बिनी प्रदेशबाट प्रहरी संरचना हुनु दुःखद हो । म यहाँ रहुञ्जेल सम्म प्रदेश प्रहरी मातहतका स