वीरगञ्ज : अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन्। वीरगञ्ज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन्। ‘निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ। यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ।’उनले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुककै सर्वाङ्गीण आर्थिक विकासका