सिँचाइकाे लागि बनाइएकाे बाँधमा डुब्दा दाङमा एक जना बेपत्ता

दाङ – सिँचाइको लागि बनाइएको कृतिम जलाशय/बाँध (ड्याम) मा डुब्दा दाङमा एक जना बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका वडा न १ सिमलताराको गयरसोता ड्याममा पौडी खेल्ने क्रममा बिहान त्यहीँ गाउँका एक जना डुबेका प्रहरीले जनाएको छ । स्थानियबासिन्दा र प्रहरीले हराएका व्यक्तिको खोजी गरिरहेका छन् । गएको वर्ष खनिएको ड्याम धेरै गहिरो भएको र दलदले माटो भएकोले पौडी खेल्न गएका युवा त्यही दलदले हिलोमा गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

सम्बन्धित सामग्री

दूध बेच्न जाँदा बाढीले बगाउँदा दाङमा एक जना बेपत्ता

२२ असार, काठमाडौं । दाङमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदीमा बेपत्ता भएका १८ वर्षका राजकुमार यादवको खोजी भइरहेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । दूध …

दाङमा बाढी–पहिराेमा परेर १ जनाकाे ज्यान गयाे, २ जना बेपत्ता

दाङ – दाङकाे बंगलाचुली गाउँपालिकामा लगातारकाे वर्षापछि आएकाे बाढी र पहिराेमा परेर एक जनाको ज्यान गएको छ । यस्तै दुई जना बेपत्ता भएका छन् ।  अर्जुन खाेलाले बगाउँदा बंगलाचुली गाउँपालिका ६ दारेगौडाका ५७ वर्षीय डम्बरबहादुर विककाे ज्यान गएको हाे । खाेलाले बगाउँदा बंगलाचुली ५ जहरेकी पार्वती नेपाली बेपत्ता हुनुभएकाे छ । यस्तै पहिराेमा परेर बंगलाचुली ४ गहतेराकी हिरा नेपाली बेपत्ता हुनुभएकाे बंगलाचुली गाउपालिकाका प्रेस संयोजक जीवन नेपालीले जानकारी दिनुभयो । याे घटना दुई दिनअघिकाे भएकाे भए पनि विकट पहा...

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता

अविरल वर्षाका कारण खोलामा आएको बाढीमा बगेर दाङमा एक जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीमा बगेर स्थानीय ५५ वर्षीय कल्लु चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एवं एसपी वीरबहादुर वलीले जानकारी दिनुभएको छ ।

दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गयो : खोलाले बगाएर एक जना बेपत्ता

दाङ – दाङमा खाल्डोमा डुबेर एक जनाको ज्यान गएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर–३ बेलुवाका ४५ वर्षका धिरज घिमिरेको घर नजिककैको खाल्डोमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता हुनुभएको छ । उहाँको खोजी भैरहेको एसपी वलीले जानकारी दिनुभयो । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर–१० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५५ वर्षी...

गुर्जे खाेलाले बगाउँदा एक जना बेपत्ता

दाङ – दाङमा खाेलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । घाेराही उपमहानगरपालिका-१० निवासी ५५ वर्षीय कल्लु चाैधरी गुर्जे खाेला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीरबहादुर ओलीले जानकारी दिए । हिजाे दिउँसो करिब १२ बजे खाेलाले बगाउँदा बेपत्ता भएका चाैधरीकाे खाेजतलास जारी छ । प्रहरीले खाेजी जारी राखेकाे भएपनि अहिलेसम्म फेला […]

दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु, एक जना बेपत्ता

२९ वैशाख, दाङ । दाङमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार दाङको बबई नदीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवाकी १५ वर्षीय गौरव सुवेदीको मृत्यु भएको छ । बिहीबार दिउँसो पौउने २ बजेतिर दंगीशरण ४ बैबाङस्थित बबई नदीमा […]

दाङमा इनार खन्ने क्रममा एकजना वेपत्ता

१९ वैशाख, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका -१३ फुलबारीमा इनार खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक जना बेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार माटो खन्ने क्रममा आइतबार विहान ११ बजेतिर बेपत्ता भएका तुलसीपुर उपमहानगरपालिका–१७ निवासी हरि चौधरी अझै फेला परेका छैनन् । २४ घण्टादेखि डोजरले माटो फालेर चौधरीको खोजी भइरहेको प्रहरी निरीक्षक […]

खोलाले बगाउँदा एक जना बेपत्ता

दाङमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दाङको शान्तिनगर गाउँपालिका ४ का ५३ वर्षीय बमबहादुर विकलाई हिजो बेलुका एकली खोलाले बगाएको स्थानीय तेजबहादुर विश्वकर्माले जानकारी दिए ।

मनसुन सुरु भएयता बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३०गतेदेखि बिहीबार दिउँसोसम्म ५१जनाको मृत्यु भएको हो। नेपाल प्रहरीका अनुसार मृत्यु हुनेहरूमा २६जना पुरुष, १५जना महिला, पाँचजना बालक र पाँचजना बालिका रहेका छन्। पछिल्लो २४घण्टामा बाढी, पहिरो र डुबानमा परी दार्चुलामा तीनजना, पाल्पामा दुईजना तथा तनहुँ र दाङमा १÷१जना गरी जम्मा सातजना मृत्यु भएको छ।