जनैपूर्णिमा साउन २७ गते नै : पञ्चांग निर्णायक समिति

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको जनैपूर्णिमा (रक्षाबन्धन) र गाईजात्रा एकैदिन रहेको दोहोर्‍याएको छ।जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकै दिन परेको भन्दै टिकाटिप्पणी भइरहँदा समितिले बुधबार विज्ञप्ति निकालेर भ्रममा नपर्न आग्रह गरेको हो। समितिले सन्देह नराखी आफ्ना धार्मिक कृत्य गर्न गराउन समेत भनेको छ ।बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले बताएको छ। यसअघि १९९४, २०२४

सम्बन्धित सामग्री

टीकाको उत्तम साइत शनिबार बिहान ११:३६ मा

नेपाल पञ्चांग निर्णायक समिति र अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले देवी विसर्जन तथा दसैँको टीकाको साइत

तिथिको घटबढका कारण जनैपूर्णिमा र गाईजात्रा एकै दिन : पञ्चांग निर्णायक समिति

स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन् । काठमाडौँ उपत्यकाभित्रका स्थानीय तह तथा सांस्कृतिक संस्थाले रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गरेका हुन् ।

बैशाख ७ गतेको सूर्यग्रहण नेपालबाट देखिँदैन : पञ्चांग निर्णायक समिति

काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यही बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने जनाएको छ । बैशाख कृष्ण औंसीका दिन बैशाख ७ गते लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई नलाग्ने र बार्नु पनि नपर्ने समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष बैशाख ७, असोज […]

नागपञ्चमी, ऋषितर्पणी, रक्षाबन्धन र राखी आज

प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रबार परम्परानुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ। आजको दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समिति अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए।