राष्ट्रिय कविता महोत्सव–२०७८ मा भोजपुरकी कविता राई प्रथम

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६४ औँ वार्षिकोत्सवका अवसरमा बुधवार राष्ट्रिय कविता महोत्सव–२०७८ को आयोजना गरिएको छ । कविता महोत्सवको कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गरेका थिए । कविता महोत्सवको सञ्चालन प्रज्ञा भवनबाटै गरिएको थियो भने कविता वाचन चाहिँ भर्चुअल माध्यमबाट गरिएको थियो ।

सम्बन्धित सामग्री

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी राई प्रथम

काठमाण्डौ - राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा)  प्रथम हुनुभएको छ ।  नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि पनि वसन्त आउँछ) तथा बर्दियाकी निरञ्जनाकुमारी चन्द(युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल(आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल(बोधिसत्वको खोप) तृतीय हुनुभयो ।  प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ । कार्यक्रमको प्रतिष्ठानका क...

राष्ट्रिय कविता महोत्सवमा कविता राई प्रथम

९ असार, काठमाडौं । ‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो । यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी …