जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते‚ तीन घरमा क्षति

कञ्चनपुर : भीमदत्त नगरपालिका-१९ बाँगफाटाँकी ८० वर्षीया कलावती भाट जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छन्। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।जंगली हात्तीले बिहीबार राति तीन घर भत्काएको छ। घरभित्र राखेको अन्न समेत खाईदिएको वडा अध्यक्ष दामोदर महराले बताए। उनका अनुसार हात्तीले घर भत्काउने भाट घाइते भएकी हुन्।एक दर्जनभन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले स्थानीयको डेढ बिघा क्षेत्रमा ‍लगाइएको गहुँ र तरकारी बालीमा क्षति पुर्‍याएको छ। हात्तीको बथान निकुञ्ज क्षेत्रबाट बस