क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रधानन्यायाधीश राणाविरुद्ध दायर रिट सर्वोच्चद्वारा दरपीठ

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट सर्वोच्च अदालतले आइतवार दरपीठ गरिदिएको छ ।  जबराविरुद्ध लागेका आरोपहरू गम्भीर प्रकृतिका भएकाले छानबिन गरी आवश्यक कारबाहीको माग गर्दै अधिवक्ता माधवकुमार बस्नेतले रिट दायर गरेका थिए ।  रजिष्ट्रार नारायण पन्थीले सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नपर्ने भन्दै रिट दरपीठ गरिदिएका हुन् ।  अधिवक्ता बस्नेतले प्रधानन्यायाधीशविरुद्ध लागेका आरोपहरू छानबिन गरी आवश्यक कारवाहीका लागि संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख, प्रतिनिधि सभाका नामम...