बच्चा चोरी गर्ने महिलाको बयान : गर्भ खेर गएपछि म डिप्रेशनमा गएँ

काठमाडौँ : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेकी मानकुमारी सिंहले आफू डिप्रेशनको शिकार भएको बयान दिएकी छन्।दैलेखको नौमूले घर भएकी २४ वर्षीया मानकुमारीले फागुन ११ गते काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेकी थिइन्। चोरी गरेकै दिन पक्राउ परेकी उनले प्रहरीका अनुसन्धान अधिकृतसमक्ष आफ्नो पटक पटक भएको गर्भपतनका कारण डिप्रेशनको शिकार बनेको बताएकी हुन्।उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर भएको छ। आफू डिप्रेशनक