मलेसियाले विदेशी कामदार ल्याउन अनुमति दिने कार्य (कोटा प्रमाणीकरण) लाई स्थगन गरेको छ । रोजगारदाताहरूले अनुमति लिएको कोटाअनुसार कामदार ल्याउन ढिला गरेपछि त्यहाँको मानव संसाधन मन्त्रालयले चैत ५ देखि विदेशी कामदार ल्याउने कोटा प्रमाणीकरण प्रक्रिया रोकेको हो ।