संघ र प्रदेशको निर्वाचन मिति तोक्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् ।

सम्बन्धित सामग्री

आन्दोलनका कार्यक्रम स्थगित गर्न कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी निर्वाचनको तयारीमा सरकारलाई सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरेका छन् । आइतबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले संघ र प्रदेशको निर्वाचन नजिकिँदै गएको अवस्थामा सरकारलाई सहयोग गर्न आग्रह गरेका हुन् । उनले कर्मचारीका जायज माग सम्बोधन गर्दै छिट्टै संघीय...