विश्वकप छनाेटकाे घाउमा त्रिकाेणात्मक टी-२० सिरिज उपाधिको मलम

काठमाडौं : नेपाली क्रिकेट टिमले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०१४ को टी-२० विश्व कप हो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछि भने कुनै पनि विश्वकपमा सहभागी हुन सकेको छैन। सन् २०१६ र २०२१ का टी-२० विश्वकप छनोट प्रतियोगितामा एकदमै कमजोर प्रदर्शन गरेको भए पनि नेपाल सन् २०२२ को टी-२० विश्वकप खेल्न अष्ट्रेलिया जाने दाउमा थियो। समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको एक मात्र देश नेपाललाई प्रतियोगिताको बलियो दाबेदार मानिएको थियो। तर विश्वकपका ला