यी हुन् प्रतिनिधि सभा विघटनको विरुद्धमा रिट दायर गर्न हस्ताक्षर गर्ने माधव नेपालपक्षीय १८ सांसद [सूचीसहित]

प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्नका लागि नेकपा एमाले झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका १८ सांसदले हस्ताक्षर गरेका छन् । विघटित प्रतिनिधि सभामा एमालेका तर्फबाट प्रतिनिधित्व गरेका माधव नेपाल पक्षीय सांसद झपटबहादुर रावलले रिटको पक्षमा १९ सांसदले हस्ताक्षर गरेको दाबी गरे । यद्यपि खनाल-नेपाल पक्षीय प्रभावशाली नेता सुरेन्द्र पाण्डे संसद् भवन पुगे पनि हस्ताक्षर नगरी फर्किएका थिए । १८ जना रिटको पक्षमा उभिएको भन्दै सूची समेत बाहिरिएको छ । अन्य केही हस्ताक्षर संकलन हुने क्रममा रहेको रावलले बताए । मेटमणि चौधरी दाङम...