काठमाडौंको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को उत्तरपट्टिको गणेशमान सिंह भवनमा अहिले कोरोना भाइरसका बिरामीलाई उपचार गर्न कोभिड वार्ड छ ।
‘कोरोना वार्ड प्रवेश निषेध’ बाहिर ढोकामा लेखिएको छ । त्यसभित्र केही मानिसहरू कोरोना भाइरसको संक्रमण भएका आफन्तलाई बेड पाइन्छ कि भनेर कुरेका छन् । कोरोना संक्रमितले बेडको पर्खाइमा अस्पतालको पेटीमा छट्पटाउँदै बस्नुपरेको छ ।
‘एक जना डिस्चार्ज हुँदैछन् रे ! त्यो बेड पाइन्छ कि भनेर कुरेको,’ अन्दाजी ४० वर्षकी महिला पतिलाई क...