नेपालका कतिपय व्यक्ति भारतमा गएर व्यवसाय गर्छन् भने भारतका व्यक्ति पनि नेपालमा आएर विभिन्न ठाउँमा व्यवसाय गरिरहेका छन् । व्यवसाय गरेर दैनिक जीवनयापन गर्नु राम्रो पक्ष हो । तर, कतिपय राम्रै व्यवसाय गरिरहेका देखिने व्यक्ति अवैध धन्दामा समेत संलग्न भएको पाइन्छ । उनीहरू मध्येका केही व्यक्ति आफ्नो देशमा आपराधिक कृयाकलाप गरेका भगौडाको सूचीमा समेत परेका छन् ।बैतडीमा १५ वर्ष बसेर विभिन्न व्यवसाय गरेका एक भारतीय व्यापारी गुल्फाम ५० लाखभन्दा बढी रकम ठगेर एक वर्षदेखि फरार छन् । भारतमा रुई कम्पनी लिलाम भइरह