रोकिएन महिला तथा बालबालिका हराउनेक्रम

जिल्लामा महिला तथा बालबालिका हराउनेको सङ्ख्यामा वृद्धि भएको छ । महिला तथा बालबालिका हराउनुमा बैदैशिक रोजगार, अन्तरजातीय प्रेम, सामाजिक सञ्जालको प्रयोग, गलत साथीको संगत, घर झगडा, प्रेममा धोका लगायतका कारणले हराउनेका संख्यामा वृद्धि हुन थालेको हो ।   चालू आर्थिक वर्ष २०७७/२०७८ को साउनदेखि चैत मसान्तसम्ममा ७० जना महिला,बालबालिका र ज्येष्ठ नागरिक हराएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र लमजुङका प्रमुख नन्दुकुमारी अधिकारीका अनुसार ...

सम्बन्धित सामग्री

विभिन्न मुलुक पुगेका चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि छ सय ९३ …

चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

काठमाडौँ,१७ पुष । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि […]

महिला तथा बालबालिका कार्यालय खोटाङको ६ वर्षपछि ताला फोडियो

महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, […]

खोटाङको महिला तथा बालबालिका कार्यालयको ताला ६ वर्षपछि फोडियो

५ भदौ, खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । उक्त कार्यालय गाउँपालिका तथा नगरपालिकामा गाभिएपछि ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र […]

छ वर्षपछि फोडियो महिला तथा बालबालिका कार्यालय खोटाङकाे ताला

काठमाडाैँ – महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ। गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि लगाइएको ताला लगाइएको थियो। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालकालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन्। कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याकप, टिभी र काठबाट बनेका टेबल, कुर्सी, […]

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

काठमाडौँ,२५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका […]

महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्यो

काठमाडौं : महिला तथा बालबालिका माथि हुने घरेलु हिंसा बढ्दै गएको छ। गएका केही वर्षदेखि महिला हिंसाका घटना उकालो लागेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। केही दिनअघि अन्धविश्वासको कारण सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-२ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीया नाबालिकाको मृत्यु समेत भएको घटना बाहिरिएको छ। ठकुरीले झारफुक…

निषेधाज्ञा अवधिमा ६८० महिला तथा बालबालिका हिंसाको सिकार

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले निषेधाज्ञाको अवधिमा महिलामाथि भएको हिंसाका घटनाहरूको तथ्यांक सार्वजनिक गरेको छ । ओरेकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएको वैशाख १६ देखि असार ३१ गतेसम्म ६३ जिल्लाहरूबाट ६८० जना महिला तथा बालबालिका हिंसाको सिकार भएका छन् । उक्त घटनाहरु ओरेकले सञ्चालन गरेको २ वटा हटलाइन, मनोविमर्श कर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक संघसंस्थाहरूले संकलन गरेका हुन् । यी मध्ये १६३ घटनाहरु सञ्चार माध्यमबाट संकलन गरिएको ओरेकले

कर्णालीमा तीन वर्षमा १९ सय महिला तथा बालबालिका हराए

सुर्खेत : पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९०२ जना महिला तथा बालबालिका हराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ। बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ।तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमध्ये ४१६ जना महिला, १७३ जना बालक र २०१ जना बालिका छन्। तीमध्ये सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएक

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ