गाउँमा सिंहदरबार आउँछ भन्थे चुनाव जितेपछि नेता समेत फर्केनन्

महाकाली नदी निरन्तर बगिरहेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–१ को चुँडी गाउँबाट भारतको चम्फावत जिल्लाको ताम्ली गाउँ टल्किरहेको छ। शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार सबैको पहुँच पुगेको छ त्यहाँ ।  साँझ पर्‍यो कि झिलिमिली हुन्छ, ताम्ली गाउँ। तर, नेपाली भूमि चुँडी गाउँ भने अन्धकारमय छ। चुँडी गाउँमा भारतको जस्तै विकास कहिले होला भनेर सोच्ने गर्छिन्, सुनादेवी बोहरा। भारतीय गाउँमा बिजुली बलिरहँदा उनी भने अन्धकारमा बसिरहेका छन् । भारतीय बजारबाट किनेर ल्याएका सोलारको धिपधिप उज्याल