धनगढी : सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ। कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो।५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।हाल ३ जनालाई भेन्टिलेटरमा राखिएको छ। भने यस्तै ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए। अन्य सबैलाई उच्च निगरानीमा राखिएको उनले बताए।अहिले अस्पतालमा ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ। अन