भुटानी शरणार्थीको स्वदेश फिर्ती अभियानका नेता डाक्टर भम्पा राईको निधन

काठमाण्डाै - भुटानी शरणार्थीको स्वदेशी फिर्ती अभियानका नेता डाक्टर भम्पा राईको निधन भएको छ । विराटनगरमा रहेको नोबेल अस्पतालमा उपचारका क्रममा राईको बिहान निधन भएको हो । मुटुको चाल कम भएपछि ७५ वर्षीय राईलाई हिजो अस्पताल भर्ना गरिएको थियो । पाँच दिन अघि राईको हर्नियाको शल्यक्रिया गरिएको थियो । भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, समेत रहेका राई झापाको दमक नगरपालिकाले उपलब्ध गराएको भाडाको घरमा एक्लै बस्दै आउनु भएको थियो । भुटानी राजाका निजी डाक्टर समेत रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषी लखेटिँ...

सम्बन्धित सामग्री

डा. भम्पा राई : जसले आफ्ना लागि आफैँ कफिन बनाए, तयार भएको केही घण्टामै अस्ताए

झापा - भुटानी शरणार्थी नेता डा. भम्पा राईले उनी कार्यरत गजुरमुखी क्लिनिकका सञ्चालक इन्द्र कुँवरसँग अनौठो प्रस्ताव राखे । उनले आफ्ना लागि कफिन बनाउन कुँवरलाई अर्डर दिन भने । संयोग पनि कस्तो ! जब कफिन तयार भयो, तब डा. राई गम्भीर बिरामी परे । कफिन तयार भएको केही घण्टामै उनको निधन भयो । ‘डाक्टर साबले १५ दिनअघि ...