पर्वत : कास्कीको पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा शनिवार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने थप दुईजना घाइते भएका छन्।जिल्ला प्रहरी कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार शनिवार बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ८३५६ नम्बरको बसको ब्रेक फेल भई सडकको दायाँ भागमा रहेको माटोको ढिस्कोमा ठोक्किएको थियो।सवारी दुर्घटना भएको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकबाट प्रहरी टोली खटिने क्रममा बसले भारत घर भई हाल पोखरा-२७ स्थित