राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेटीको नाममा पैसा खाएकाहरुमाथि छानविन हुनुपर्ने बताएका छन् । उनले मधेश प्रदेशमा भएका विभिन्न विकास निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले गरेको लगानीको समेत छानविन हुनुपर्ने बताए ।शनिबार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टीको मधेश प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले देखावटी रुपमा विकास निर्माणको काम गरेर मधेशीलाई ठग्न खोजेको आरोप लगाए । जनताका आधारभूत आवश्यकतालाई बेवास्ता गर्दै मधेश प्रदेश सरकार निकम्मा हुँदै गएको बताउँद