६८ शौचालय र ३५ खानेपानी धारा पुनःनिर्माण

लमजुङ, १२ बैशाख । गोरखा भूकम्प गएको करिब आठ वर्षको अवधिमा यहाँ ६८ विद्यालयमा शौचालय भवन पुनः निर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका ६९ शौचायलयमध्ये अब एक शौचायलय मात्र निर्माण सम्पन्न हुन बाँकी रहेको शिक्षा विकास तथा समन्वय एकाइ एवं साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय एकाइ […]

सम्बन्धित सामग्री

लमजुङका ९०% विद्यालय भवन पुनर्निर्माण सम्पन्न

वैशाख २०, लमजुङ । गोरखा भूकम्प गएको ६ वर्षको अवधिमा यहाँ ९० प्रतिशत विद्यालय भवनको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति बनाएका १५६ ओटा विद्यालयमध्ये १०६ ओटा विद्यालयका भवन पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ ।  एकाइका प्रमुख अशोक पराजुलीले जिल्लामा १० प्रतिशत अर्थात् ५७ ओटा विद्यालय भवन मात्र पुनर्निर्माण गर्न बाँकी रहेको जानकारी दिए । कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/२०७७ मा २२ ओटा, आव २०७५/७६ ६८ ओटा, आव २०७४/७५ मा आठ ओटा र आव २०७३/२०७४ मा ८ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न भएको थियो ।  जिल्लामा ६९ शौचालय पुनर्निर्माण गर्नुपर्नेमध्ये ४० शौचालय पुनर्निर्माण भएको छ भने २९ शौचालय निर्माणाधीन रहेको छ । त्यस्तै ३६ ओटा खानेपानी पुनर्निर्माण गर्नुपर्नेमध्ये पाँच खानेपानी धारा सम्पन्न भएको र २९ वटा खानेपानी निर्माणाधीन रहेका छन् ।  ती निर्माणाधीन सबै योजना यस चालू आर्थिक वर्षको असार महीनाभित्रै सम्पन्न गर्दै विद्यालय पुनर्निर्माणको कार्य सम्पन्न गर्ने एकाई प्रमुख पराजुलीले बताए । रासस