पाकिस्तानको चुनावः इमरानको ब्याटले हान्यो छक्का, पुरानालाई धक्का !

१० साउन, काठमाडौं । क्रिकेटको ब्याट चुनावचिन्ह लिएर निर्वाचनको मैदानमा होमिएका पूर्वक्रिकेटर इमरान खानले २२ वर्ष लामो राजनीतिक संघर्षपछि 'छक्का' मार्न सफल भएका छन् । खानले नेतृत्व गरेको पीटीआईले एकलौटी बहुमत पाउने निश्चित नभए पनि उनले दुईवटा पुराना पार्टीलाई गम्भीर धक्का दिएका छन् । पाकिस्तानको राजनीति सैन्यतन्त्र र लोकतन्त्रवीच चाकाचुली खेल्दै …