प्रचण्डसँग चिनियाँ राजदूतको भेट

चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । शुक्रबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा उनीहरुबीच नयाँ गठबन्धन सरकारको विषयमा छलफल भएको बताइएको छ ।भेटका क्रममा प्रचण्डले राजदूत यान्छीमार्फत चीनलाई थप खोप सहयोग गर्न आग्रह गरेका छन् । शुक्रबारै चिनियाँ राजदूत यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरेकी छन् । भेटका क्रममा उनले नेपाललाई थप १६ लाख कोभिड खोप उपलव्ध गराउन

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको भेट, दिए बधाई

काठमाडौँ, २४ फागुन । नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चीनका राजदूत छन सङले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा आज (बिहीबार) भएको भेटमा उनीहरुबीच नेपाल–चीन सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको उक्त मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको थियो । […]

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ। ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मङ्गलबार बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ। एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल […]

प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको भेट

काठमाडौं, २८ पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन् । राजदूत प्रिन्सले आज (बिहीबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र […]

प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उनीहरूबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेकी छन्। सो क्रममा उनीहरूबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो।

प्रधानमन्त्रीसँग राजदूतको भेट

काठमाडौँ,२० पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गरेका छन् । […]

प्रमुख आयुक्तसँग युरोपियन युनियनका राजदूतको भेट

काठमाडौँ,२४ कार्तिक । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले आज आयोगको कान्तिपथस्थित कार्यालयमा भेट गरेका छन् । उक्त अवसरमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको थियो । रासस

प्रधानसेनापति शर्मा र अमेरिकी राजदूतको भेट

काठमाडौं, १५ कार्तिक । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थोम्पसनले भेट गरेका छन। सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको भेटवार्तामा उनीहरुबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाले यस्ता भेटघाटले दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास […]

मन्त्री आलेसँग कार्यवाहक राजदूतको भेट

काठमाडौं, २ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग बुधबार मन्त्रालयमा भेट गर्दै अमेरिकाका कार्यवाहक राजदूत म्यानुयल मिक्यालर । तस्बिरः विमलबहादुर विष्ट÷रासस

मन्त्री भूसालसँग राजदूतको भेट (फोटोफिचर)

काठमाडौं, १७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बुधबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज । तस्बिरः नवीन पौडेल/रासस

प्रधानसेनापतिसँग अमेरिकी राजदूतको भेट

काठमाडौं : प्रधानसेनापति  पूर्णचन्द्र थापासँग नेपालका लागि अमेरिकी राजदूत  र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा मंगलबार भएको भेटमा उनीहरूबीच दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। दुई देशबीचको सम्बन्धलाई सुमधुर एवं प्रगाढ तुल्याउन थप मद्दत पुग्ने विश्वास लिएको सेनाले जनाएको छ।